|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको आरोप लगाएका छन्।

जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको नेता सिटौलाको भनाई छ। उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी विधेयक ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताएका थिए।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरू पनि लाग्नुपर्ने  बताए।

कांग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दाबी गरेका थिए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.