|
फाइल फोटो

काठमाडौं : तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी प्रतीक्षा सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका छन्। 

सहायक रथीमा बढुवाका लागि लविङ गर्दै आएका उनलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए। राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को तनावबीच सरकारले उनलाई सहायक रथीमा बढुवा गरेको हो। 

‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ’, बाँस्कोटाले भने। 

अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो। शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय लिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.