उपनिर्वाचनको तयारी, विभागमा हेरफेर

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजादेखि सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसम्म अटाउने प्रजातन्त्र आवश्यक रहेको निचोड निकालेको छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार त्यसका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । 

'मुलुकको बितेका १३ वर्षको परिस्थिति र संविधान जारी भएपछिका ४ वर्षको अवस्थालाई दृष्टिगत गरी राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्ने पक्षमा राप्रपा उभिएको छ', श्रेष्ठले भने, 'राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्त अनुरुप धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्नेतर्फ बहस थाल्न राप्रपा सम्पूर्ण राजनीतिक शक्तिलाई आब्हान गर्दछ।' 

उपनिर्वाचनको तयारी

राप्रपाले मंसिर १४ मा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। उसले संघीय, प्रादेशिक र स्थानीय तहमा हुने उपनिर्वाचनका उम्मेदवार छनौट गरी सिफारिस गर्न  असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरेको हो।

विभाग हेरफेर 

राप्रपाले विभागहरुमा जिम्मेवारी हेरफेर गरेको छ। अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशी, प्रदेश समन्वय समितिको प्रमुखमा वरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरीलाई चयन गरिएको छ। 

प्रदेश नं. ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साह, सामाजिक विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की, सदस्य सचिवमा केन्द्रीय सदस्य आशा लामा र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्दलाई चयन गरिएको श्रेष्ठले बताए । 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.