|
फाइल फोटो

डडेल्धुरा : डडेल्धुरामा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–९ ढाँटगाउँका २४ वर्षीय राजेश पाल र सोही ठाउँका २३ वर्षीय रमेश पाल रहेका छन्।

अमरगढी नगरपालिका–७ पोखरा बजार नजिक बन्डुनी मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम चलिरहेको अवस्थामा बुधबार साँझ ६ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोप उनीहरूमाथि लागेको छ।

मादक पदार्थ सेवन गरी कार्यक्रम स्थलमा अश्लील शब्द प्रयोग गरी हो-हल्ला गरिरहेको अवस्थामा सुरक्षार्थ खटिएका प्रहरीले सम्झाइबुझाइ गर्न खोज्दा प्रहरीलाई नै अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै प्रहरीमाथि नै हातपातसँगै दाँतले हातमा टोकेर चक्कुसमेत प्रहार गर्न खोज्दा राजेश र रमेशलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवैजनामाथि ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ अपराधमा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.