|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी हुने अनुमान गरेको छ।

प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने अनुमान गरेको हो।

४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्ब ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

प्राधिकरणले ६ अर्ब ३९ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलहरूको विकासका लागि करिब २२ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले जानकारी दिए।

प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाभन्दा बढी आम्दानी भएको पनि जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.