|

हेटौंडा : मकवानपुरमा जारी दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा शुक्रवार हेटौंडाको विजय युथ क्लबले नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। फरेष्टी फुटबल मैदानमा दिउँसो २ बजे हुने खेलमा घरेलु टोलीले गत वर्षको उपविजेता नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

मोफसलकै सर्वाधिक राशिको पुरस्कार रहेको सिमरा गोल्डकपको उपाधि जितेर चर्चामा आएको घरेलु टोली विजय युथ र ए डिभिजनको उत्कृष्ट विभागीय टोली नेपाल आर्मीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। यसअघि बिहीवार भएको पहिलो सेमिफाइनलमा पोखराको सहारा क्लबलाई हराएर मनाङ मर्स्याङ्दी फाइनलमा पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.