|

काठमाडौं : वरिष्ठ पत्रकार पुरु रिसाल सम्मानित भएका छन्। उनी हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानको सञ्चार सेवा सम्मान २०८७ बाट सम्मानित भएका हुन्। 

बिहीबार राष्ट्रिय नाचघरमा आयोजना गरिएको एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले रिसाललाई सम्मान गरेका हुन्। उनीसँगै सन्चार क्षेत्रबाट समाचारवाचिका भारती सिलवाल र निरोधराज पाण्डेलाई पनि सम्मान गरियो ।

२०६५ सालमा स्थापना भएको यो प्रतिष्ठानले हरेक वर्ष नाट्यसङ्गीत र सञ्चार क्षेत्रमा लामो समय बिशेष योगदान गर्दै आएकाहरुलाई सम्मान तथा पुरस्कार दिँदै आएको छ। त्यसैगरी नाट्य, संगीत सेवामा उल्लेख्य योगदान पुर्‍याएका अन्यलाई पनि हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले सम्मान गरेको छ ।

कार्यक्रममा गीतकार यादव खरेल, संगीतकार दीपक जंगम र कलाकार शकुन्तला शर्मालाई नाट्यसंगीत विधाको पुरस्कारबाट सम्मानित गरिएको हो।

प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको लोकप्रिय सन्चारकर्मी पुरस्कारबाट भूषण दाहाल र लोकप्रिय कलाकार पुरस्कारबाट वीरेन्द्र हमाललाई सम्मानित गरियो ।

पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक तथा राजनीतिक क्षेत्रमा साहित्यको उल्लेखनीय प्रभाव रहेको धारणा राखे ।

नाट्य विधाको पुरस्कारको राशी जनही २५ हजार १११ रुपैयाँ र सन्चार सेवा विधाको पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.