|

काठमाडौं : सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ। 

संविधान दिवसको अवसर पारेर  ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको छ। जस अनुसार महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलई प्रदान गरिने भएको छ।  त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन्। त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ। 

सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ। जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी  चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन्। जसमा १ जना सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर र  ३ जना भारतीय रहेका छन्।

हेर्नुहाेस नामावली 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.