|

जनकपुर : संविधान दिवसको अवसरमा आज २ नम्बर प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी  मनाइदैछ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा रहेको समितिले बिहान जानकी मन्दिरबाट मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी निकालेको छ। 

प्रभातफेरीमा मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख र कर्मचारी अधिकारीहरुको सहभागिता रहेको थियो। दिवसको पुर्वसन्ध्यामा हिजो साँझ मुख्यमन्त्री कार्यलयमा दिपावली गरिएको थियो।

त्यस्तै संविधान दिवसको अवसरमा बर्दिबास नगरपालिकाले आज विहान प्रभातफेरी निकाल्यो। सरकारी अधिकारी, सुरक्षाकर्मी, विद्यार्थी, सर्वसधारणसहित ठूलो संख्यामा निकालिएको प्रभात फेरीका कारण पूर्वपश्चिम राजमार्ग नै केहिबेर अवरुद्ध बनेको थियो। प्रभातफेरीमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। उनीहरु संविधान दिवस भव्यताका साथ मनाऔं नारा समेत लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.