|

धनगढी : आज असोज ३ अर्थात् संविधान दिवस। सार्वभौम संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो वर्ष पुरा भएको दिन सुदूरपश्चिम प्रदेश सरकारले पनि  विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ। 

दिवसको अवसरमा धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहितको र्‍याली निकालिएको थियो। र्‍यालीमा प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी तथा सर्वसाधारण सहभागी थिए। र्‍याली कबडहलमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले स्वागत रहेका थिए। उक्त कार्यक्रममा पनि विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो। विशेष सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानमा सबैका अधिकार समेटिएका बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.