|

काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा  कोही पनि पक्ष वा प्रतिपक्ष नरेहको बताएका छन्।

पाचौँ संविधान दिवसको अवसरमा  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थीती रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र फराकिलो रहेको  र अतिवादी  सोच भएका व्यक्ति वा संस्थालाई यो अवधिमा मूलधारमा फरकाउन आफूहरू सफल भएको पनि धारणा व्यक्त गरे।

'नयाँ संविधान र त्यसअन्तर्गत तिनै तहको आम निर्वाचन सम्पन्न भएसँगै राजनीतिक आन्दोलनको चरण अब समाप्त भइसकेको छ। जो अझै बाटो भुलिरहेका छन् उनीहरूलाई पनि मुलधारमा आउन ढिला नगर्न आग्रह गर्दछु', प्रधानमन्त्री ओलीले भने, 'लोकतन्त्रलाई सुदृढ गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने पक्रिया भने अझै जारी छ।'

नेपाल सरकारका विभिन्न निकायका मन्त्री, राजनीतिक दलका नेता,  कर्मचारी, कूटनीतिक नियोगका पदाधिकारीको उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिको नाममा शान्ति सुरक्षा र राष्ट्रिय एकतालाई खल्बलाउने काम कहीँ कतैबाट भए संविधान र कानुनविपरीतका त्यस्ता कुनै पनि गतिविधि  सरकारले रोक्न सक्षम रहेको बताए।

उक्त अवसरमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले विभिन्न मार्चपास पनि गरे। सातैवटा प्रदेशको सांस्कृतिक, सामाजिक कला देखिने विभिन्न झाँकीहरू प्रस्‍तुत गरिएको थियो।

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.