|

बारा : संविधान दिवसको अवसरमा बाराको निजगढमा पूर्व जनप्रतिनिधि सम्मानित भएका छन्। निजगढ नगरपालिका–७ मा रहेको लोकप्रिय वचत तथा ऋण सहकारी संस्थाले शुक्रबार साविक निजगढ गाविसका पुर्व जनप्रतिनिधिलाई सम्मान गरेको हो।

निजगढ ८ स्थित श्रीकृष्ण प्रणामी मन्दीरको  सभाहलमा भएको कार्यक्रममा निजगढ नगरमा ०३९ सालयता निर्वाचित जनप्रतिनिधिहरुलाई दोसल्ला ओडाएर तथा सम्मानपत्रसहित सम्मान गरिएको संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईले जानकारी दिए।

सम्मानित हुनेमा पूर्वमन्त्री पुरुषोत्तम पौडेलदेखि पूर्व पञ्च सन्तबहादुर राउतसम्म छन्। त्यसैगरी पूर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका प्रसाद चौलागाई, हिराबहादुर तिमल्सिना, पूर्व वडा अध्यक्ष दिलबहादुर लामा, घनश्याम लम्साललगायत छन्।

१२६ जनाद्वारा रक्तादान

संविधान दिवसको अवसरमा फेन्ड्स सर्कल अफ निजगढ र माछापुच्छ्रे बैंकको आयोजना शुक्रबार निजगढमा रक्तदान कार्यक्रम भएको छ।

निजगढ–९ स्थित सनलाईज मार्केटछेउमा भएको रक्तदान कार्यक्रममा ७ महिलासहित एक सय २६ जनाले रक्तदान गरेको संस्थाका सल्लाहकार ईराज काईरालाले जानकारी दिए। संस्थाको अगुवाईमा निजगढमा कपडा बैंक सञ्चालन भईरहेको छ।

नगरपालिकाद्वारा अन्‍तरक्रिया

संविधान दिवसको अवसरमा निजगढ नगरपालिकाले प्रभातफेरी सहित अन्‍तरक्रिया कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा नगरपालिकाको पुर्वनिर्धारित कार्यक्रम अन्तर्गत शुक्रवार प्रभातफेरी सहितको अन्‍तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

    नगरपालिकाको कार्यालयबाट शुरु भएको प्रभातफेरी पुर्वपश्चिम लोकमार्ग क्षेत्रमा वृहत् र्‍याली गर्दै बारा उद्योग वाणिाज्य संघ निजगढ शाखाको सभाहलमा पुगि अन्र्तकृयामा कार्यक्रम गरि समापन भएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सहकारीकर्मी, राजनितिकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो।

प्रभातफेरि पश्चात् आयोजित अन्र्तकृया कार्यक्रममार्फत नगर प्रमुख सुरेस कुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने, नेकपाका नेता रविराज दंगाल, नेपाली कांग्रेसका रविकुमार बर्तौला, राप्रपाका खड्गप्रसाद उप्रेती, सावित्रि भारती, समाजसेवी सुरथ पुरी, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ६ का प्रधानाध्यापक यादब कुमार तिमल्सिनाले शुभकामना मन्तब्य राखेका थिए।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.