|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार पनि सुनुवाइ हुँदैछ।

न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा चलिरहेको मुद्दामा कार्की पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्ने भएका छन्।

कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता बाबुराम दाहाल, महादेव यादव, कुमार रेग्मी र सुरेन्द्र महतोले बहस गर्दै आएका छन्। बहसका क्रममा उनीहरुले कार्कीको योग्यता, नैतिक चरित्र राम्रो रहेको र उनको नियुक्ति संविधानसम्मत भएको तर्क गर्दै आएका छन्।

शुक्रबार ११ बजेबाट सुनुवाइ सुरु हुनेछ। कार्कीको नियुक्ति र योग्यताविरुद्धको बहस पुस ७ गतेबाट सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि जारी राखिएको हो।

यसअघि रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा. सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा. चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवी खनाल, सुनील पोखरेल, विजय मिश्रलगायत बहस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.