|

काठमाडौंः मदन पुरस्कार गुठीले २०७५ को मदन पुरस्कार र जगदम्बा पुरस्कार वितरण गरेको छ।  शुक्रबार ललितपुरको पाटनमा गुठीले एक कार्यक्रम आयोजना गरी यस वर्षको मदन पुरस्कार श्री योगेशराज र जगदम्बाश्री पुरस्कार बैरागी काइलालाई वितरण गरेको हो। योगेश राजले 'रणहार' उपन्यास कृतिको लागि यस वर्षको मदन पुरस्कार पाएका हुन्।

मदन पुरस्कार प्राप्त श्रष्टा योगेशराजले पुर्खा, जन्म र भविष्य नघोलेसम्म कुनै ठाउँमा घर बन्न नसक्ने बताए। 'मानिसलाई नसमात्ने, नतान्ने घर हुँदैन,' उनले भने,
'जैविक सम्बन्ध नातागोता हाम्रो छनोटमा हुँदैनन्, तिनले पनि हामीलाई छाडदैनन्। इतिहास  अतिथि प्राज्ञहरुको सतही पुरातत्वभन्दा गहिरो उनको भनाइ थियो। इतिहासले ठाउँको नाम र स्वरूपमा शक्तिको केरमेट देखाउनेगरी रचिने उनले बताए।

जगदम्बाश्री पुरस्कारबाट अर्का साहित्यकार वैरागी काइलाले मुन्धुमप्रति साहित्यकारको रुपमा चासो बढेको बताए। लिम्बू, लिपि, भाषा, मुन्धुम, इतिहाससम्बन्धी लिपिमा उल्लेख गरिएको उनको भनाइ थियो।लिम्बू जातिका दैनिक जीवनमा प्रयोग गरिने व्यवहारलाई मुन्धुममा उल्लेख गरिएको उनको भनाइ छ। 'मुन्धुम शब्दलाई सांस्कृतिक मूल्य मान्यताको रूपमा लिएको छ,'  उनले भने।

पुरस्कार वितरण समारोहमा अतिथि वक्ताको रूपमा निम्त्याइएको डा. रिता थापाले नेपाली माटो, पानी, मन र सामाजिक संस्कार तथा नेपालभित्र रहेका चुनौतीमय परिस्थितहरू माझ यस्ता राम्रा  सम्मानित कार्यक्रम भएको बताइन्। यस्तो कार्यक्रममा उपस्थित जनाउन पाउन भनेको मेरो सौभाग्य रहेको उनको भनाइ छ।

मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार राशि चार-चार लाख रुपैयाँ रहेको छ। यसपालिदेखि पुरस्कारको लागत दुई लाख बढाएर चार लाख दिने निर्णय गरेको मदन पुरस्कार गुठी संस्थानले जनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.