|

काठमाडौं : मनिष डाँगीको डेब्यु गोलको मद्दतमा नेपालले तेश्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिपमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको छ। पहिलो हाफमा माल्दिभ्सले १ गोलको अग्रता बनाएको अवस्थामा मनिषले गोल गर्दै नेपालको हार टारेका थिए।

खेलको १३ औँ मिनेटमा माल्दिभ्सले पेनाल्टीमार्फत गोल गर्दै अग्रता बनाएको थियो। पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान नाजिमले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोश्रो हाफमा गोल फर्काएपछि १ अंक जोडन सफल भयो।

७४औँ मिनेटमा ब्रिजेश चौधरीको क्रसमा मनिषले हेडरमार्फत बराबरी गोल फर्काए। अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो। दोश्रो खेलमा आइतबार नेपालले भुटानको सामना गर्नेछ। भुटान अघिल्लो संस्करणमा नेपाललाई पराजित गर्ने एक मात्र टोली हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.