|

दाङ : दाङमा संविधानको विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लमहीमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए।

पक्राउ पर्नेमा लमही नगरपालिका ४ निवासी क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका ५ का बामदेव चौधरी, लमही ८ सतबरियाका प्रकाश कुमार चौधरी, लमही नगरपालिका ५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी र लमही ७ निवासी किशोर कुमार घर्तीमगर रहेका छन्।

पक्राउ पर्ने सबैजना संघीय समाजवादीका कार्यकर्ता र थरूहट थारूवान संघर्ष समितिका पदाधिकारी भएको प्रहरीले जनाएको छ। संविधान दिवसको अवरमा खुसीयाली मनाउनको साटो विरोध गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.