|

काठमाडौं : संविधान दिवस तथा स्वर्ण जयन्तीको अवसर पारेर प्रेस काउन्सिल नेपालले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ। प्रेस काउन्सिल नेपाल कर्मचारी संघद्वारा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाईं, चेतनाथ धमला, संगीता खड्कालगायतले स्वर्ण जयन्तीका अवसरमा गर्ने कार्यक्रमबारे जानकारी दिएका थिए। स्वर्ण जयन्तीको अवसर पारेर प्रेस काउन्सिल नेपालले सरसफाई कार्यक्रम, लोकदोहारी कार्यक्रम सम्पन्न गरिसकेको छ।

स्वर्णजन्तीका अवसरमा शनिबार मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको छ भने स्वर्ण जयन्ती मुल समारोह अशोज ६ गते सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ। समारोहको अवसरमा काउन्सिलले २०७३ सालको पत्रकार आचारसंहिताको परिमार्जन गर्ने तथा विभिन्न विधागत पत्रकारिता पुरस्कार वितरण हुने प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.