|
फाइल फोटो

सल्यान : जिल्ला अस्पताल सल्यानले दन्त सेवा सुरु गरेको छ। अस्पताल स्थापना भएको करिब ३४ वर्षपछि दन्त सेवा सुरु भएको हो।

बिरामीको आवश्यकतालाई मध्यनजर गरी दन्त सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। अहिले अस्पतालमा दाँतसम्बन्धी समस्या भएका ४/५ जना बिरामी दैनिक आउने गरेको डेन्टल सर्जन सृजा पोख्रेलले बताइन्।

दाँत सफा गर्ने, दाँत निकाल्ने जस्ता सेवा दिँदै आएको उनको भनाइ छ। उनले भनिन् ‘हामीले सेवालाई विस्तार गर्दै लिएका छौं। आगामी दिनमा दाँत भर्ने, शल्यक्रिया गर्ने लगायतका सेवा विस्तार गर्ने योजनामा छौं।’

अस्पताल स्थापना भएको ३४ वर्षपछि अस्पतालमा विशेषज्ञसहितकको दन्त सेवा थालिएको सल्यान जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढाले बताए। २०४२ सालमा स्थापना भएको अस्पतालमा दाँत सम्बन्धी समस्या भएका विरामीलाई ध्यानमा राख्दै दन्त सेवा सुरु गरिएको उनको भनाइ छ।

उनले भने ‘अस्पतालमा दाँचका विरामी धेरै आउने गरेकाले विशषज्ञ ल्याएर सेवा दिन थालेका हौं।’ जिल्लामा यसअघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.