|

 

  • रमेश कुमार वली 

सल्यान : पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ।

जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ। गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पनि सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो।

गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहुँदा बस्ती नै सङ्कटमा पर्न थालेको छ। गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपायासमेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन्।

पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिए। गाउँमा आउने न त कुनै पानीको स्रोत छ, नत बोकेर ल्याउने ठाउँ छ, यरीले भने।

पानीको अभाव भएपछि स्थानिय बसाइँ सर्न थालेका छन्। गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्, स्थानीय वीरबहादुर विकले भने।

“पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ”, विकले भने।

“बस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश विकले बताए। गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्” विकले भने।

“पानीकै लागि एकजना परिवारको सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ,” स्थानीय सुन्तली यरीले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.