|

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विशेदी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन्।

भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धराशयी हुने सञ्चालकहरुको चिन्ता रहेको समाचार नागरिक दैनिकमा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेश गर्न पूर्वसचिव सुरशेमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरेका छन्।

विदेशी नागरिकलाई नेपालीसरह भाडा समायोजनका लागि सुझाव पेश गर्न गठित समितिलाई एक महिनाको समय दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.