|

सर्लाही : पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन्। उनले संविधान दिवसको अवसरमा शुक्रवार सर्लाहीको बरहथवा–११ हिरापुरस्थित इलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई साइकलको साचो हस्तान्तरण गरेका हुन्।

साहले समाजमा अमनचैन कायम होस भन्ने उद्देश्यले आफुले प्रहरीलाई साइकल प्रदान गरेको बताए। ‘सर्लाहीका धेरैजसो प्रहरी कार्यालयमा सवारीसाधनको सुविधा छैन। भएका पनि काम नलाग्ने अवस्थामा छन्, कतै इन्धन अभावमा थन्किएका छन्,’ उनले भने, ‘त्यसैले प्रहरीलाई पहरेदारी गर्न साइकल सहयोगी सिद्ध हुन सक्छ भन्ने लागेको छ।’

पर्याप्त स्रोेतसाधनको अभावका बावजुद पनि प्रहरीले अपराध नियन्त्रणको गतिविधि गर्दै आएको छ। तर, सवारीसाधनकै अभावमा घटना भएको ठाउँमा समयमै सेवा पुर्‍याउन नसकेकाले त्यसलाई कम गर्न साइकल प्रदान गरेको साहको भनाइ छ।

साहले शुक्रवार प्रदान गरेको साइकलमा आधुनिक प्रविधिजडित रहेको छ। साइकलबाट प्रहरीलाई समाजमा सुशसन कायम गर्न सहज हुने एसपी गोपालचन्द्र भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.