|

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरा आउने जो कोही एक पटक फेवाताल डुंगा सयर नगर्ने कमै होलान्। यहाँ आउने पर्यटकहरु फेवातालमा माछापुच्छ्रेको छायाँ हेर्दै घण्टौँसम्म रमाउन चाहन्छन्।

तर, पछिल्लो समय फेवातालमा न माछापुच्छ्रेको छायाँ भेटिन्छ, न डुंगामा सहज सयर गर्न नै सकिन्छ। पोखरा शहरमा राम्रो ढलको व्यवस्था नहुँदा फेवाताल फोहोरले कुरुप बनिरहेको छ। त्यसमाथि जलकुम्भी झारले ताल झन् कुरुप बनेको छ। 

फेवातालमा रहेको जलकुम्भी हटाउनकैका लागि पटकपटक मेसिन खरिद गरे पनि सरसफाइ नगर्दा फेवाताल सफा हुन सकेको छैन। वर्षायाममा फेवातालमा जलकुम्भी झारको समस्या बढ्छ। जलकुम्भी झार र फोहोर निकाल्नका लागि २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी क्यानडाबाट एक वाइटी प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको थियो। तर, नियमित काम नगर्दा फेवाताल कुरुप बनेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.