|

काठमाडौं : अति अशक्त तथा पूर्णरुपमा अशक्ति बालबालिकाहरुका संरक्षकहरुको हकहितका लागि स्थापना भएको संस्था नव आगमन संरक्षक समाजको नयाँ कार्यसमिति छनोट भएको छ।

शुक्रबार भएको पहिलो साधारण सभाबाट समाजको कार्यसमितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी , सचिवमा सुशीला मल्ल र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ चयन भएका छन्।

यस्तै, सदस्यहरुमा ज्योति खतिवडा , राजेन्द्र मर्हजन , लक्ष्मी बस्नेत, निर्मला रावल, सूर्यलक्ष्मी रंजित, शान्ता बराल र देउमाया कोइराला निर्विरोध निर्वाचित भएका छन्। 

मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल तथा वर्ल्डवाइड युकेले संयु्क्तरुपमा  सञ्चालन गरेको संरक्षकका लागि संरक्षण कार्यक्रमको पहलमा उक्त कार्य सम्पन्न भएको संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनि शाक्यले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.