|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरे। पन्तले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामुहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने बताए।

पन्तले आफू अध्यक्षमा चयन भए आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी १० अर्ब रुपैयाँको सामुहिक लगानी कोषलाई मूर्तरुप दिने बताए। विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उनको भनाइ छ। पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले संघलाई कुनै पनि राजनीतिक दलको छत्रछायाबाट मुक्त गरी गैरआवासीय नेपालीको विशुद्ध साझा संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन्। उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन्। 

उनी एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.