पाँचथर: फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकपमा शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र एलेभेन एरोज दुहवी सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ।
साइनो स्पोर्टिङ क्लब मोरङलाई पराजित गरी ताप्लेजुङ सेमिफाइनलमा पुगको हो। यस्तै हिमालयन शेर्पा क्लबलाई हराएर सुनसरी सेमिफाइनल प्रवेश गरेको हो। शुक्रवारको विजेताले उपाधिका लागि फाइनलमा बिर्ता युनाइटेड झापासँग प्रतिस्पर्धा गर्नेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।