|

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ। सुर्नया गाउँपालिका वडा नं ५ भित्रै केन्द्र स्थापना गर्ने पहल गरिरहेको गाउँपालिकाले वडा नं ५ को पबितामा केन्द्र राख्ने निर्णय गरेको छ।

गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा पवितामा केन्द्र राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए। गाउँपालिकाको अस्थायी केन्द्र रहेको ठाउँमा भवनको अभाव र जमीनको अभाव भएकाले गाउँपालिकाले निशुल्क जमीन उपलब्ध गराउन केही महिना अघि आह्वान गरेको थियो। सोहीबमोजिम गाउँपालिकाका लागि प्राप्त जमिनहरूमध्ये विज्ञ टोलीको सुझावका आधारमा पबिता उपयुक्त ठाउँ भएकाले पबितामा केन्द्र राख्ने निर्णय गरिएको अध्यक्ष विष्टको भनाई छ। अब केन्द्रका लागि छनौट भएको ठाउँमा भौतिक संरचना निर्माणको काम अघि बढाइने भएको छ।

केन्द्र, प्रदेश सरकार र गाउँपालिका आँफैले पनि भौतिक संरचना निर्माणका लागि पहल गर्ने जनाईएको छ । एकीकृत सेवा दिने हिसाबले गाउँपालिकाको भवन निर्माण गरिने अध्यक्ष बिष्टको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.