|

सोलुखुम्बु : सोलुखुम्बु मुलककै ७६ औ खुला दिशामुक्त जिल्ला बनेको छ। संविधान दिवसको अवसर पारेर जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो।

     सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले जिल्लालाईनै खुला दिशामुक्त क्षेत्र घोषणा गरेका हन्। सोलुदुधकुण्ड नगरपालिकाको तीनवटा वडा खुला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी थियो। शुक्रबार एकै पटक नगरपालिका र जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको हो।

 सरकारले असोज १३ गते नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेपछि सोलुखुम्बुलाई पनि बाध्यत्मक अवस्था सृजना भएको हो। जिल्लाको नगरपालिका क्षेत्रमै सार्वजानिक सौचालय निर्माण नभएको स्थानीयले गुनासो गरेका छन्। संविधान दिवस र खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम एउटै मञ्चमा गरिएको थियो।

सोही अवसरमा सन् २०३० सम्म जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ। संघिय सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम कुमार बस्नेत, समन्वय प्रमुख बीर कुमार राई र नेकपा प्रदेश नम्बर १ का संसदिय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

जिल्ला स्थीत राजनितिक दलका प्रमुख, प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, सञ्चारकर्मी लगाएतको उपस्थितिमा र्‍यालीसमेत निकालिएको थियोे। सल्लेरीको नयाँबजार देखी सुरु भएको उक्त ¥याली समन्वय समितिको प्राङ्गनमा पुगेर सकिएको थियो। कार्यक्रमको अवसरमा शेर्पाजातीको श्याबु्र, नेवारको लाखे लगाएत कल्चर झल्कने नृत्य र विभिन्न विद्यार्थीहरुले राष्ट्रभक्ति गितमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।

कार्यक्रममा कस्ले के बोले?

कार्यक्रममा हजारौ सोलुुबासीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई संबोधन गर्दै संघिय सांसद हेमकुमार राई (शुरबीर)ले बिकासमा जस लिने प्रबृत्ति मोलाएको प्रति चिन्ता व्यक्त गरे। बिकासमा सबैको हात उत्तिकै हुनेभएपनि मैले गरेको भन्ने मनोबृद्धि मौलाएको भन्दै संविधान कार्यन्वयनको चरणमा भएकाले तेरो मेरो नभनिकन एक भएर अगाडी बढ्नुको बिकल्प नभएको बताए।

यस्तै सोही कार्यक्रमलाई संबोधन गर्दै प्रदेस संसाद एवम् नेकपा प्रदेश नम्बर १ संसदिय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले तीन तहको सरकार बीच आवश्यक समन्व्य नहुँदा बिकास निर्माणमा समस्या भएको बताए। उनले जनताको भावना अनुसारको बिकास गर्नका लागि दल र तह नभनिकन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। बिकास र सम्बृद्धिका लागि सबै संग बसेर छलफल गर्न आफु तयार रहेको भन्दै सबैलाई एक ठाउँमा आउन आग्रह समेत गरे।

यस्तै अर्का प्रदेश सांसद उत्तम कुमार बस्नेतले भ्रष्टचार र शुसासन कायम गर्न सबै लाग्नुपर्नेमा जोड दिए। उनले हजारौ शहिदको सपना साकार पार्नको लागि सबैले मिलेर काम गरेमा मात्रै सम्बृद्धि भेटिने बताए।

 कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले खुला दिशामुक्त जिल्ला घोषणा भएकोमा खुसी व्यक्त गर्दै पुर्ण सरसफाईको कार्यक्रमका लागि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् सोलुखुम्बु इन्चार्ज शिबबहादुर बस्नेत (राजेन्द्र), प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल लगाएतले शुभकामना मनतव्य राखेका थिए। कार्यक्रमको अवसरमा सहयोग गर्ने सबैलाई कदर पत्रसहित सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.