विश्व

अमेरिकाद्वारा ओसामा बिन लादेनका कान्छा छोरा हम्जा आतंककारी घोषित
SHARES

पुस २२, २०७३

    अमेरिकाले आतंकवादी संगठन अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनलाई आतंककारी घोषणा गर्दै कालोसूचीमा राखेको सीएनएनले लेखेको छ।

    हम्जा ओसामाका सबैभन्दा कान्छा छोरा हुन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै हम्जा बिन लादेन अलकायदामा निकै सक्रिय रहेकोले आतंककारीको सुचिमा राखिएको उल्लेख गरेको छ।

    अमेरिकामाथि आक्रमण गर्ने धम्की दिएको भन्दै हम्जाको कुनै अमेरिकी नागरिकसंगका सबै प्रकारका व्यापारमा प्रतिबन्ध लगाउनुका साथै उनको कुनै सम्पत्ति भए जफत गरिने जनाएको छ।

    अगस्ट २०१५ मा हम्जालाई औपचारिक रुपमा अलकायदाले आफ्नो सदस्य घोषणा गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यतिबेला नै हम्जाले अमेरिका लगायत पश्चिमा मुलुकमाथि आक्रमण गर्न अपिल गरेका थिए।

    गत जुलाईमा अलकायदाले जारी गरेको अडियो सन्देशमा हम्जाले अमेरिकासँग आफ्ना बुवाको हत्याको बदला लिने भन्दै अमेरिकी नागरिकलाई देश वा विदेश जहाँ भेटेपनि नछोड्ने चेतावनी दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]