|

बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित घरमा हृदयाघात भएर उनको निधन भएको बीबीसीले जनाएको छ। 

१८ अक्टुबर १९५० मा हरियाणाको अम्बालामा जन्मिएका ओम पुरीले प्रारम्भिक शिक्षा ननिहाल पञ्जाबको पटियालाबाट पूरा गरेका थिए। सन् १९७६ मा पुणे फिल्मी संस्थानबाट प्रशिक्षण सकेका उनले डेढ वर्षसम्म अभिनयसम्बन्धी प्रशिक्षण दिए। पछि ‘मजमा’ नामक थिएटर खोली नाट्यकर्ममा संलग्न भए। 

सन् १९७६ मा मराठी फिल्म 'घासीराम कोतवाल' बाट पुरीले  फिल्मी करियर शुरु गरेका थिए। १९८० मा बनेको ‘आक्रोश’ लाई उनको पहिलो सफल फिल्म मानिन्छ।  सयौं भारतीय चलचित्रमा अभिनय गरेका उनले ‘आरोहण’ र ‘अर्धसत्य’का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पाएका छन्। 

बलिउडका साथै पाकिस्तानी, ब्रिटिश र हलिउडका चलचित्रमा समेत अभिनय गरेका पुरीले अभिनयका साथै पृथक आवाजका कारण पनि पृथक पहिचान बनाएका थिए। सन् १९९३ मा नन्दिता पुरीसँग विवाह गरेका उनीहरु सन् २०१३ मा उनीहरू छुट्टिए ।

ओम र नन्दिताका इशान नामका एक छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.