|
फाइल फोटो

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका-३ बजार क्षेत्रमा सवारी दुर्घटनामा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा शहीदलखन गाउँपालिका–२ घर भई आँबुखैरनी–३ प्रगती मार्ग बस्दै आएका २८ वर्षीय यमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ।

पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको लु१ख ८००२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते थापालाई उपचारका लागि आँबुखैरनीकै स्थानीय छिम्केश्वरी अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रमुख प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.