|

मनाङ : सेप्टेम्बर महिनाको शुरुवतसँगै अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकको चहलपहल बढेको छ।

दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेक पोष्टले जनाएको छ। नेपालको सर्वाधिक अग्लो पासको रूपमा रहेको थोराङ्गला ५ हजार ४ सय मिटर उचाइ पास हुँदै मुस्ताङ निस्कने गर्छन्। अन्नपूर्ण राउन्ड बिदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको छ।

यस पदमार्गमा बर्सेनि विदेशी पर्यटकको चाप बढ्ने गरेको छ। लमजुङको  सदरमुकाम बेसीसहरबाट शुरु हुने यो पदमार्ग मनाङ हुँदै मुस्ताङ घारेपी भएर पोखरा पुगेर टुंगिने गर्छ। गन्डकी पदेशको मुख्य पर्गको रूपमा रहेको यस पदमार्गमा गत वर्षमा सन् २०१८मा  २८ हजार विदेशी पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्यांकले देखाएको छ।

यस वर्ष ३० देखि ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने लक्ष्य रहेको संरक्षण क्षेत्रले जनाएको छ। मनाङ हुँदै आउने पर्यटकले सर्वाधिक अग्ले स्थानमा रहेको तिलिचो ताल, अग्ला हिमश्रृंखला, मनाङका भेषभुषा, महत्वपूण पर्वहरूको अवलेकन समेत गर्ने गरेका पर्यटन व्यवसायीहरूको भनाइ रहेको छ। पहिले यो पदमार्ग २१ दिनको हुने भए पनि सडक संजालले मनाङलाई जोडिएसँगै छोटिएर १२ दिनमा नै पूरा गर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.