|

जुम्ला : जुम्ला संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा महिला जनप्रतिनिधिले प्रशासनलाई हराएका छन्।

चन्दननाथनगरपालिकाका मेयर कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा भएको मैत्रीपूर्ण फुटलबल प्रतियोगितामा प्रशासनलाई शून्यका विरुद्धमा १ गोल गरी जनप्रतिनिधि टिम बिजय भएको हो।

जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा टुडिखेल मैदानमा सम्पन्न खेलमा महिला जनप्रतिनिधि टिमकी १० नम्बर खेलाडी आशिक भण्डारीले पहिलो हाफभित्र गरेको ‍गोल नै निर्णायक बन्यो। खेलको समय भने ३५/३५ मिनेटको गरी ७० मिनेट तोकिएको थियो।

जुम्लामा संविधान बनेको अवसरमा भएको मैत्रीपूर्ण फुटबलले सकारात्मक सन्देश दिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताए। त्यस्तै, प्रजिअ बञ्जाडेले जनप्रतिनिधिसँग फुटबल खेल्दा निकै नौलो अनुभव भएको बताइन्।

जुम्ला संविधान दिवसको अवसरमा खेल प्रतियोगिता भएको पहिलो पटक हो। मैदानमा महिला जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी देख्दा खेल निकै रोचक भएको दर्शकले बताए।

जुम्ला महिला जनप्रतिनिधि र प्रशासन टिममा भने मेयर सेजुवाल, प्रजिअ बञ्जाडे, प्रहरी निरीक्षक नवीन ओलीसहित उच्चस्तरका महिला कर्मचारीबीच पहिलोपटक मैत्रीपूर्ण फुटबलमा हो।

विस २०७२ साल असोज ३ गते तत्कालीन नेपालका राष्ट्रपति डा. रामबरण यादवले नेपालको संविधान २०७२ जारी गरेका थिए। यही संविधान जारी भएको दिनलाई आधार बनाएर देशभर संविधान दिवसको रूपमा मनाउँदै आइको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.