|

नवलपरासी : प्रदेश-५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले आफ्नै पार्टीकै सरकार छ भनेर ढिला गर्ने र काम नगर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रकै ठेकेदारलाई पनि सरकारले नछोड्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टि नेकपा पश्चिम नवलपरासीको बर्दघाट नगर कमिटीको नगर पार्टी कार्यालय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकार सुशासन र समृद्धिको पक्षमा रहेकोले कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती मान्य नहुने बताएका हुन्।

नेकपा पश्चिम नवलपरासीका इन्चार्ज समेत रहेका मन्त्री चौधरीले पार्टी पंक्ति बलियो बनाउन सबैभन्दा अब्ल भूमिका कार्यकर्ताको हुनेमा जोड दिएका थिए। चौधरीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भइसकेपछि पद समायोजनमा कतिपय नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिए पनि त्यो धेरै समय नरहने बताए। समग्र पार्टीको हितको लागि केही त्याग गरेरै भए पनि सहज वातावरण बनाउनुपर्नेमा मन्त्री चौधरीको जोड थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.