|

तनहुँ : दमौलीमा बास्केटबल खेल्दा खेल्दै एक युवकको मृत्यु भएको छ। मुत्यु हुनेमा व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठ रहेका छन्। हृदयघातका कारण बास्केट बल खेल्दा खेल्दै लडिपछि श्रेष्ठको मृत्यु भएको हो।

सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रूपमा बास्केटबल खेल्ने गरेका थिए। उनी बास्केटबलका राम्रा खेलाडी रहेको उनका सहपाठी चन्दन मल्लले बताए।

बास्केटबल खेल्दा खेल्दै हृदयघात भएका उनलाई उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.