|
Representative Photo

अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

स्थानीय समय अनुसार रातको २:४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ।

घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.