|

जनकपुरधाम : जनकपुर–मटिहानी सडक अवरुद्ध बनेको छ। महोत्तरीको पिपरा गाउँपालिका ७ मा पर्ने नदीले सडक बगाएको छ। बाटो बगाएपछि मटिहानीका सर्वसधारण सवारी लिएर जनकपुर आउन पाएका छैन।

नदीमा पुल निर्माणाधीन अवस्थामा छ। ठेकेदारका लापरबाहीले लामो समयदेखि पुल निर्माण पूरा हुन सकेका छैन। पुल अलपत्र परेपछि छेउमा माटो पुरेर सवारी साधन संचालनमा थियो। तर, नदीमा आएको बाढीले माटो सबै बगाएपछि सवारी साधान आवतजावत ठप्प भएको मटिहानीका अरुण साहले बताए।

उनका अनुसार अहिले माटो बगाएको टाउँमा फलाम खम्बा हालेर स्थानीय युवाले मोटरसाइकल र साइकल पार गरिरहेका छन्। युवा मोटरसाइकल पार गर्दा रु. ५० र साइकल पार गर्दा रु. २५ लिने गर्छन्। उनले भने, ‘बिहान र साँझ त्यहाँ कोही हुँदैन। त्यतिबेला मटिहानीबासी पारी नै सवारी साधन राखेर घर आउन बाध्य हुन्छन्।’

फलामको पातलो खम्बामा सवारी साधान समातेर पार गरिरहे पनि दुर्घटनाको जोखिम देखिन्छ। कतिपयले डरले पैदलसमेत आउजाउ गरेका छैन। पुल समयमा निर्माण नसक्दा यो समस्या सृजना भएको स्थानीयको भनाइ छ।

जनप्रतिनिधि बेखबर

गाउँपालिकामा नदीले सडकमा पुर्‍याएको क्षतिबारे जनप्रतिनिधि बेखबर छन्। पिपरा गाउँपालिकाकी उपप्रमुख ननुदेवी दासले सडक अवरुद्ध भएकोबारे कसैले खबर नगरेको बताइन्। उनले भनिन्, ‘त्यहाँ नदीले सडक बगाएको थाहा छ। तर, सवारी साधन अवरुद्ध भएको कुरा थाहा भएन।’

उपमेयर दासले सडकको अवस्था स्थानीयबाट बुझेर जानकारी गराउने बताइन्। सडक भत्केपछि नदी पार गराउन स्थानीय युवाले रकम असुलिरहेको भन्ने जिज्ञासामा उनले केही नबोलेर फोन काटिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.