|

काभ्रेपलाञ्चोक  : काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ।

अदालतले हत्या आरोपमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतकका श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिएको हो।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.