|

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ७ को सोक्माटाका लागि निर्माण गरिएको सिँचाइ आयोजना सम्पन्न न नभई बिग्रीएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेकेदार र उपभोक्ता परिचालन गरी निर्माण गरेको आयोजनाका र्निाण सम्पनन नभई  पाइप फुटेर बिग्रेको हो।

पाईप कतै पहिरोले बगाएको छ, कतै पानी सञ्चालन नहुँदै फुटेका छ आयोजना सञ्चालनमा आएपछि सिँचाइ हुने आशमा रहेका सोक्माटारका किसान पानी नआउँदै पाइप फुटेपछि निराश बनेका छन्। ०७५ वैशाख १९ गते सम्झौता भइ ०७६ साउन १८ गते फरफराक भएको आयोजनाको साउन २६ गतेको बाढीपहिरोले दुई सय मिटर पाइप बगाएको छ। ७.५ किलोमिटर दूरीमा एक सय २५ एमएमको पाइप बिछ्याएर पानी ल्याइएको थियो।

नयाँ प्रविधिमा आधारित भनिएको सिँचाइ आयोजनामा एक हप्ता पनि पानी चलेन। पाइप फुटेर भत्कियो वर्षाका कारण आएको खहरेले पाइप पनि बगाएपछि सुक्खा क्षेत्रमा सिँचाइ गरेर खेती गर्ने किसानको सपना अधुरै रहेको छ।

गुणस्तरहीन पाइप जडान गरेकाले पानी चलाउँदा फुटेर आयोजना अलपत्र परेको स्थानीय क्षमाराज राईले बताए। ठेकेदारले ल्याएका पाइप गुणस्तरहीन भएकाले पानी सञ्चालन हुनासाथ फुटेका छन् भन कतै पहिरोले बगाएको सोक्माटार कै दिलराम राईले बताए। ठेकेदारसँगको मिलेमतोमा गुणस्तरहीन काम गरिएको किसानको आरोप छ। रुम्दुखोला मुहान गरी ल्याइएको आयोजनाबाट सातदेखि नौ सय रोपनी क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य थियो।

एक करोड ६ लाख ३ हजार लागतमा निर्माण गरिएको आयोजना भत्किएपछि स्थानीय आक्रोशित बनेका छन्। मिलेमतोमा भ्रष्टाचार भएको उनीहरूको आरोप छ। पाइप जडान गर्दा बीचबीचमा क्रस च्यानल बनाएर पानीको चाप कम गर्नुपर्नेमा मुहानदेखि खेतबारीसम्मै एकोहोरो पाइप जडान गरेकाले अत्यधिक चापले पाइप फुटेको उनिहरुकोे भनाइ छ। पानी चलाउन हालिएको पाइप पानीको चापले फुटेको भन्दै कार्यालय पन्छिनु मिलेमतोमा पाइप कमसल ल्याएको पुष्टि भएको उपभोक्ता क्षमाराज राईले दाबी गरे।

उनले माफदण्ड पूरा नगरी काम गरिएकाले पाइप फुटेको बताए। आयोजना बनिनसक्दै भत्किएको विषयमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख महेश यादवले पानीको चाप कति हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए। पानीकै चापले पाइप फुटेका हन् गुणस्तरहीन नभएर होइन भन्ने यादवको भनाई छ। यादवले बीचबीचमा ट्यांकी तथा क्रस च्यानल नबनाउँदा समस्या आएको स्वीकार गरे। त्यस्तो समस्या र पानीको चापबारे अनुमान नगरिएको उनको भनाइ छ।

कार्यालयले चालु अर्थिक वर्षमा समेत उक्त आयोजना मर्मतका लागि १५ लाख बजेट प्रस्ताव गरेको छ। बनिनसक्दै भत्किने र बर्सेनि मर्मत गर्ने गरी गुणस्तरहीन योजना बनाएर मिलोमतोमा भ्रष्टाचार भएको उपभोक्ताको आरोप छ। उपभोक्ताको गुनासोपछि उक्त आयोजनाको लागत तथा अन्य विवरणको सूचना माग्दा कार्यालयका सूचना अधिकारी देवकृष्ण शाहले दिन अस्वीकार गरेका थिए। उपभोक्ताले भने सिँचाइ आयोजनामा भएको अनियमितता छानबिन गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.