|

धनुषा : सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरस्थित पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। स्थानीय राजु थापाकी १० वर्षीया छोरी प्रतीक्षा थापा र सवीना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर मृत्यु भएको हो।

बाख्रा चराउन गएकी दुवै बालिकाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। उनका अनुसार पोखरीमा डुबेपछि स्थानीयले थाहा पाएपछि उद्धारको प्रयास गरियो। तर डुबेपछि लामो समयसम्म देखा नपरेपछि उद्धार गर्न सकिएन।

मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.