|

कालिकोट : कर्णाली प्रदेश सरकारको नमूना बस्ती निर्माण योजनाअनुसार कालिकोटको पलाँता गाउँपालिकामा चार गाउँलाई आव २०७६/०७७ मा तयारी थालेको छ। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले पलाँता गाउँपालिका–२ लार्फको दलित, बान्जडा, वडा नं. ५ को गोठालीचौर र वडा नं.९ को माथिल्लो दलित टोल नमूना बस्ती बनाउने निर्णय गाउँपालिकाले जनाएको छ।

प्रदेश सरकारको कर्णालीमा नमूना बस्ती बनाउने योजनासहित कार्यक्रम ल्याएको त्यहीअनुसार गाउँपालिकाले नमूना बस्तीमा लागि चार गाउँ छनोट गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘शिक्षा, स्वास्थ्य खानेपानी सरसफाइ रोजगारी लगायतका सेवामा पहुँच पुगेपछि नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको छ’ उनले भने, ‘नमुना बस्ती निर्माणका लागि कार्यविधि बनाउने काम भइरहेको छ। कार्यविधिमा के-के सेवा सुविधा पूरा गर्न भन्ने तय भएपछि नमुना बस्ती घोषणा गर्ने भन्ने कुराहरु उल्लेख गरिने छ।’

नमुना बस्ती बनाउनका लागि पलाँता गाउँपालिका–५ को गोठालीचौरमा जनता आवास कार्यक्रमअन्तर्गत ३२ घरधुरी निर्माण भएको पलाँता गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए। ‘जनता आवास कार्यक्रमबाट गोठालीचौरका ३२ घरधुरी निर्माण भएका छन्। शौचालय घरधनी आफैँले निर्माण गरी प्रयोग गर्न थालेका छन्। स्वस्थ्य सेवाका लागि जनस्वास्थ्य सेवा केन्द्र बनाउने तयारी भइरहेको छ। कक्षा ५ सम्मको विद्यालय संचालनमा छ’ उनले भने, ‘सिंचाई, विद्युत् एक घर एक धारा पनि निर्माण भएका छन्।’

पलाँता गाउँपालिका–२ का लार्फ र बान्जडा गाउँहरू पनि नमूना बस्तीको र लार्फ बस्ती नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको वडा अध्यक्ष बिद्धि बिकले बताए। ‘हामीले पूर्वाधारका निम्नतम सबै सूचक पूरा गरेका छौँ’ उनले भने, ‘चाडै नमूना बस्तीको निर्माण गरिने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.