|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूँको शिरानमा कुहूँ मालिका मन्दिरको नजिकै रहेको १७ औं शताब्दीको ऐतिहाँसिक सुरुङमार्ग प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

वाइसे÷चौविसे राज्य अन्तगर्त तत्कालिन समयमा शक्तिशालि मानिएका राजा डिम्व मल्लले शत्रुहरुसंग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरङमार्गको प्रचारप्रसार गरि आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहाँसका अध्येता र पर्यटकहरुका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्ने प्रशस्तै सम्भावना रहेको छ।

म्याग्दीको प्रशिद्ध पर्यटकीय एवम् धार्मिक स्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्वाई करिब ५० मिटर रहेको छ। पूर्व—पश्चिम फैलिएको सो सुरुङ मार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिने स्थानीय वुद्धिजीवि एवम् शिक्षक भद्रवहादुर जिसीले बताए।

गुफाको पूर्वतर्फ करिव ७० मिटरको दुरीमा तत्कालिन कुहुँले राजाको राजधानि रहेको थुमाको अवशेष मात्र वाँकी रहेको छ। गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरवार) बनाएर तत्कालिन राजा वस्ने गर्दथे।

सुरुङ रहेको स्थानको पूर्वतर्फबाट  तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज ३ मिनेटसम्म सुन्न सकिने जिसीले बताउनुभयो। सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकाँश गाउँ,हिमश्रृङखला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ।

स्थानीय समाजसेवी क्या. केशरवहादुर घर्तीका अनुसार सो सुरुङको प्रवेशभाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ। 

सो सुरुङको भित्रितर्फको मध्यभाग दुई तिरतिर फैलिएको छ। पूर्व-पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको क्या. घर्तीले बताउनुभयो। ‘सो ओढारबाट तलतिर जाने अर्को सुरुङ रहेको छ,त्यहाँबाट छिरेको चिज तातोपानी कुण्डको नजिकै रहेको गुफामा निस्कने हुनुपर्छ’ क्या. घर्तीले भने। 

सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहाँसिक महत्वका वारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहाँसिक विरासत बोकेको पर्यटकीय स्थान हुन सक्ने सुरुङ अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव वानियाँले बताए।

यस विषयमा इतिहाँसका अध्येता एवम् त्रिभुवन विश्वविद्यालयका प्रध्यापक कर्णवहादुर बानियाँले चौविसे राज्य अन्तर्गत कुहूँमा तत्कालिन समयमा कुनै पनि राजाले राज्य गरेको प्रमाण फेला नपरेको बताएका छन्। मगरजातीका ३ मगर ढुट,काइसे र खाम गरी तीनवटा भाषा प्रचलनमा रहेका बताउँदै वानियाँले म्याग्दीको कुहूँका मगरहरुले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकोले त्यस क्षेत्रको इतिहाँसका वारेमा धेरैकुरा वाहिर आउन नसकेको जानकारी दिए।

पहराबाट रसाएको पानीले अभिशेक हुने अनौठो शिवमूर्ति 

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहू स्थित तल्लो नुनथला जंगलको विच भएर बग्ने छहरा खोलामा अनौठौ शिव मुर्ति फेला परेको छ।

घना जंगलको बीचमा,खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमुर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिशेक हुने गर्दछ।

घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चवहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मुर्ति,नाग,गणेश र पाञ्चायन देवताको मुर्ति देखेपछि गाउँलेलाई खवर गरेका थिए।

पहराको विशाल पत्थरमा प्राकृतिक रुपमा नै बनेको शिव मुर्तिमा नागदेवताको आकृति समेत रहेको छ। त्यसको दाहिनेतर्फ भगवान गणेश आकृति र अन्य विभिन्न देवि देवताका आकृतिहरु रहेका छन्।

गाउँन्को सिरानमा,जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्न सक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवम् पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहुँका पूर्व प्रधानाध्यापक एवम् स्थानीय बुद्धिजीवि भद्रवहादुर जिसीले बताए। ‘नाग र शिवको मुर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजा आजा गर्ने र रेखदेख गर्ने गरेका छन्’ जिसीले भने‘अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ अव यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ।’

त्यसैगरी अनौठौ मुर्ति अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था  मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले यस्तो अनकण्टार ठाउँमा  अनौठो मुर्ति भेटिनु,प्रत्येक ३२ सेकेण्डमा पत्थरबाट पानी रसाएर अभिशेक हुनु आफैमा आश्चर्यजनक रहेकोले यसको प्रचारप्रसार गर्नु आवश्यक छ भने।त्यसैगरी कुहूका भूतपूर्व वडाअध्यक्ष उदय रोकाले यस स्थानको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताए।

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन्। स्थानीयले अविर,केशरी र अन्य रङले पूजा गर्दा मुर्तिमा रहेका आकृतिहरु स्पष्ट रुपमा देख्न नसकिने भएको रोकाले बताए। मुर्ति अवलोकन र पुजाका लागि स्थानीय भक्तजनहरु आउने क्रम बढ्न थालेपछि पाइपमार्फत पानी ल्याएर खानेपानीको सुविधा पुर्‍याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.