|

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको छ। उपत्यकासहित मध्यभेगका केही ठाउँमा पछिल्लो समय पानी पर्ने क्रम अझै जारी छ। बेला बेलामा पानी परिरहेको छ।

नेपालमा सामन्यतया जुन महिनाको १० तारेखबाट मनसुन सुरु हुने मानिन्छ। तर यसवर्ष केही दिन ढिला गरी मनसुन सुरु भएको थियो। यसवर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा भारी बर्षा हुनसक्ने अनुमान उनीहरूको छ। लामो झरीले देशका विभिन्न ठाउँमा बाढी पहिरो गएको छ।

शानिबार राति मात्र अविरल वर्षापछि म्याग्‍दीको कोटखोलामा आएको भीषण बाढीले म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा घरमा सुतिरहेका दुई बालिका बेपत्ता भएका छन्। खोलाको धार परिवर्तन गरि आएको बाढीले एक विद्यालयसहित ७ घर बगाएको छ भने करोडौं रुपैयाँको क्षति भएको छ। झरीले भूकम्प प्रभावित जिल्लाहरुमा बाढी र पहिरोको जोखिम बढाएको छ।  

पानी परेको बेलामा पाटन दरबार क्षेत्रमा देखिएका केही तस्वीर दृश्‍य झलक : 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.