|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारसंगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतको पाल्सीङमा दुना टपरी उद्योग सञ्चालन भएको छ। स्थानीय कामना आमा समूहले गाउँपालिकाको सहयोगमा दुना टपरी उद्योग सञ्चालन गरेका हुन्।

पलास्टीकका सामग्रीको प्रयोग न्युनीकरण, स्थानीय वनमा पाइने साल र चिउरीका पातको सदुपयोगसँगै आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले दुना टपरी उत्पादन गर्न थालिएको समूहका अध्यक्ष चिनु कार्कीले बताइन्।

भोज भतेर र धार्मिक कार्यमा दुना टपरीको प्रयोग हुने गर्छ। उद्योग सञ्चालनका लागि आमा समूहले निर्माण गरेको भवनको बुधवार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गरे।

अध्यक्ष मल्लले आमा समूह मार्फत जनचेतना अभिवृद्धी, सामाजिक सशक्तिकरण, विभेद न्युनीकरण र आयआर्जन सुधारका क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो। उपाध्यक्ष सिमा गर्बुजाले महिलाहरु आफ्नो अधिकारको उपयोगका लागि अग्रसर बन्न र उद्यम ब्यवसाय मार्फत आत्मनिर्भर हुनुपर्ने बताए।

वडा अध्यक्ष भिष्म मल्लले गाउँपालिकाले दुना टपरी उद्योग सञ्चालनका लागि मेसिन किनेर समूहलाई उपलब्ध गराएको बताए। कार्यक्रममा भवन निर्माणका लागि सहयोग पुर्याउने विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.