|

भोजपुर : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍ट हतियारसहित पक्राउ परेका छन्। 

आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका-१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकैको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

प्रजिअ खतिवडाका अनुसार विष्‍टको साथबाट गोली भरिएका इटालियन अटोमेटिक पेस्तोल दुई थान, ६ राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान र  नगद बरामद गरिएको छ।

उनको साथबाट मोबाइल फोन, १२ वटा सिमकार्ड, चन्दा माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा पनि प्रहरीले फेला पारेको छ। उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रजिअ खतिवडाले बताए । विष्‍ट भोजपुरकै ट्याम्के-मैयुङ गाउँपालिका-५ खावा, चोलन्तीका बासिन्दा हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.