|

ट्रोम्सो (नर्वे) : नेपाली कांग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता भएको एक दशक बिते पनि नेपाली समाजमा युद्धको नकारात्मक छाप रहिरहेको बताएका छन्। 

उत्तरी नर्वेको ट्रोम्सो विश्व विद्यालयको पिस स्टडी सेन्टरले आयोजना गरेको नेपालको शान्ति र दिगो विकास सम्बन्धी अन्तर्क्रियामा पौडेलले दिगो शाान्ति र विकासको लागि प्रमुख राजनीतिक शक्तिले जुगाको लड़ाई छाड्नुपर्ने बताए। उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपता नागरिक छानबिन आयोगको काम कारवाहीलाई सशक्त र साधन स्रोत सम्पन्न बनाई द्वन्द्वपीडि़त र प्रभावितलाई परिपूरण र न्याय दिलाउनु पर्नेमा जोड दिए।

शान्ति अध्ययन केन्द्रका प्रोफेसर भिडार निल्स भाम्बहैमले नेपालले युद्ध पछिको भयावह चुनौतीपूर्ण सामाजिक अवस्थामा गुज्रिनु परेको भन्दै नेपालमा छिमेकी राष्ट्र र राजनीतिक दलका आ –आफ्ना स्वार्थ र भ्रष्टाचार मुख्य समस्या रहेको औल्याए। उनले सो विश्व विद्यालयको शान्ति केन्द्रले नेपाली विद्यार्थीलाई बिशेष विद्यार्थी आदानप्रदान कोटा उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराए।

कार्यक्रमका अधिकांश वक्ताहरुले नेपालमा दोश्रो पुस्ताका युवा नेताहरुले भविष्यमा राजनीतिलाई सही निकास दिँदै विकास र समृद्धितर्फ अघि बढाउने आशा जागेको धारणा राखे। प्रा. डा. पुरुषोत्तम बस्नेत ,प्रा. डा. गणेश आचार्य, सो केद्रमा अध्ययनरत गणेश खनाल र दीपक सापकोटाले नेपालको शान्ति, विकास र राजनीतिक स्थिरताबारे विचार राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.