|

सिरहा : सिरहाको कल्याणपुर नगरपालिका ५ बाट प्रहरीले आइतबार ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले आइतबार बिहान करिब पौने १० बजेतिर लुकीछिपी बसिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय ६० वर्षीय लडु खड्गा यादव र ५५ वर्षीय जोगेन्द्र खड्गा यादव रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेका भनिएका दुई जना संलग्न घटनाको विषयमा विस्तत रुपले खुलाएको छैन। लुकेर बसेको अवस्थामा पक्राउ गरिएका दुवैलाई मिर्चैयास्थित इलाका प्रहरी कार्यालय ल्याएर आइतबार नै सिरहा जिल्ला अदालतमा बुझाइएको सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.