|
फाइल फोटो

काठमाडौं : साविकको विजेता नेपाल घरेलु मैदानमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा पराजित भएको छ। हल्चोकस्थित एपीएफ मैदानमा आइतबार भएको खेलमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो।

भुटानका लागि यशी दोर्जी, केल्जाङ जिग्मी र कर्मा सोनामले एक एक गोल गरे। खेलको ३७ औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो। नेपालका विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे।

त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए। हारसँगै समूह ’ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले २ खेलमा १ अंक जोडेको छ।

भुटान भने सेमिफाइनलमा पुगेको छ। भुटानले १ खेलमा ३ अंक जोडेको छ। माल्दिभ्सको पनि १ अंक रहेको छ। अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ। उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ। बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.