|

काठमाडौं : फिल्म 'भ्रम' शुक्रबारदेखि प्रर्दशनमा आएको छ। कर्मा शाक्य अभिनित फिल्म सिङ्गल हलमा लक्षित छ। 'भ्रम'लाई श्याम ल्यागुना र सुरेश गामलले निर्माण गरेका हुन्। फिल्मलाई  रवीन्द्र शाहीले निर्देशन गरेका छन्।

रक्की धसुको सङ्गीत र कुमार महर्जनको द्वन्द्व रहेको उक्त फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका छन्। फिल्ममा एक आत्माले कर्मालाई दिएको दु:ख देखाइएको छ।

कर्मा नेपाली फिल्म क्षेत्रमा चलेको नाम भए पनि उनले अपेक्षित सफलता हात पार्न सकेका छैनन्। कर्माको 'भ्रम' चलेको ५ दिन पछि उनकै अभिनय रहेको अर्को फिल्म 'लभ साशा' प्रर्दशनमा आउदै छ। त्यसले कर्मालाई कति असर गर्ला त?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.