|
फाइल फोटो

इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन्।

सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी संघ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, “आदिवासी थारूहरू आन्दोलनका सहयात्री हुन्। हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने संकल्प गरेका छौँ।”

अध्यक्ष दाहालले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गरे। उनले भने, “थारूहरुको मात्र आन्दोलन उनीहरुको मात्र होइन, सबैको आन्दोलन हो,  यसको समाधानको बाटोमा लाग्नुपर्छ।” अध्यक्ष दाहालले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरूको सहभागिता रहेको समेत उल्लेख गरे। तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरू राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका निर्वाह गरिरहेको बताए।

नेपालका थारूहरूको योगदान विशिष्ट रहेको बताउँदै उनले सामाजिक रुपान्तरणका निम्ति थारूहरूको योगदान विशिष्ट स्मरण गरे। सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि  तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरूले जितिया पर्वको शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.