|
फाइल फोटो

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्युयोर्क पुगेका छन्।

मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले स्वागत गरेका थिए।

राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट, राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टीका नेता  दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.